नेपाल ग्रामिण विकास बैंकको एफपिओ बिक्रि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल ग्रामिण विकास बैंकको एफपिओ बिक्रि खुला



काठमाडाै  । नेपाल ग्रामिण बिकास बैंकले आज भदौ २७ गतेदेखि फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशन गर्दै छ । लगानीकर्ताले कम्पनीको एफपिओमा भदौ २७ गतेदेखि छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई प्रिमियम मूल्य बिना नै प्रति कित्ता १ सय रुपैयाँमा एफपीओ निष्काशनको अनुमति दिएको छ ।  कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गर्न लागेको हो  । माइक्रोफाइनान्सले एफपीओ जारि गर्नका लागि बिक्रि प्रबन्धक तथा निष्काशनमा प्रभु क्यापिटललाई चयन गरेको छ।

नेपाल धितोपत्रबोर्डबाट आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आश्वा मार्फत मात्र आवेदन दिन सकिने छ ।  लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार ८ सय ७० कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर ५० कित्ताको लागि मात्र आवेदन दिन उपयुक्त हुनेछ ।

२०७१ मा ५ माइक्रोफाइनान्स कम्पनी मिलेर बनेको नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ५५ करोड ७५ लाख रहेको छ। माइक्रोफाइनान्सले हाल कायम संस्थापक र साधारण सेयर अनुपात राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नका लागि एफपीओ जारि गर्न लागेको हो। एफपीओ निष्काशन पश्चात नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ६५ करोड ५० लाख पुग्ने छ।

हाल नेपाल ग्रामिण बिकास बैंकको सेयर अनुपात संस्थापक तर्फ ८२ दशमलब १३ प्रतिशत र साधारणतर्फ १७ दशमलब ८७ प्रतिशत रहेको छ। एफपीओ निष्काशन तथा बितरण पश्चात नेपाल ग्रामिण बिकास बैंकमा सेयर अनुपात संस्थापक ६९ दशमलब ९० प्रतिशत र साधारणतर्फ ३० दशमलब १० प्रतिशत कायम हुने छ।

पुर्वान्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण बिकास बैंक, पस्चिमान्चल ग्रामिण विकास बैंक, मध्य पशचिमांचल ग्रामिण बिकास बैंक र सुदुर पस्चिमान्चल ग्रामिण विकास बैंक मिलेर बनेको राष्ट्रिय स्तरको नेपाल ग्रामिण बिकास बैंकको प्रधान कार्यालय बुटवलमा रहेको छ।

हाल बैंकको संचिति नोक्सानी ४६ करोड रुपैयाँ रहेकोले सेयरधनीहरुले प्रतिफल पाउन अझै केहि बर्ष कुर्नु पर्ने हुन्छ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलवार १०:००