नेपाल बैंकले यसरी पाेस्दै छ ठूला लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बैंकले यसरी पाेस्दै छ ठूला लगानीकर्ता



काठमाडौं । नेपाल बैंक लि. ले फेरि शेयर बेच्ने तरखर गरेको छ । सो बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख ११ हजार ५ सय १५ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकले सो शेयरका लागि प्रतिकित्ता न्यूनतम ३ हजार ५० तोकेको छ ।

न्यूनतम मूल्यका आधारमा पनि सो शेयरको मूल्य ६४ करोड ५१ लाख २० हजार ७५० हुन आउँछ । सो शेयर खरिद गर्नका लागि भदौ २७ देखि असोज २४ सम्मको समय तोकिएको छ ।

न्यूनतम शेयर संख्या १० हजार कित्ता हुनुपर्ने तोकिएको सो कम्पनीको शेयर खरिदका लागि कम्तीमा ३ करोड रुपैयाँ बढी हुनुपर्दछ । यसबाट सो कोषमा लगानी गर्न चाहने साना तथा मध्यम लगानीकर्ताहरु भने मारमा पर्ने भएका छन् ।

सामान्यतः कम्पनीहरुले संस्थापक शेयरका लागि न्यूनतम १००० कित्ताको प्रावधान राख्ने गरेको भए पनि यसमा भने १० हजार तोकिएको हो ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलवार १२:१०