युनाइटेड फाइनान्सले १९ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाइटेड फाइनान्सले १९ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड (United Finance Ltd) ले लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको भदौ २६ मा बसेको सञ्चालक समितिको बैठकले उत्तल अनुपातमा बोनस शेयर दिने र प्रस्तावित बोनस शेयरमा लाग्ने कर भने सम्बन्धित शेयरधनीबाट लिने निर्णय गरेको छ ।

त्यस्तै कम्पनीले रणनीतिक वैदेशिक साझेदारका रुपमा संस्थागत शेयरधनी अन्तर्गत रहनेगरी भारतको मुथूट फाइनान्सलाई भित्र्याउने समेत निर्णय गरेको छ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलवार १५:३२