सेयर बजार राताम्मे, उत्साहित छैनन लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर बजार राताम्मे, उत्साहित छैनन लगानीकर्ता



काठमाडौ । दशै नजिकिदै गर्दा सेयर बजार पहिरो गएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २१.०६ अंकले घट्दा ५६ करोड ९८ लाख ४३ हजार १ सय ३० रुपैयाँको कारोबार भएको छ । १ सय ५३ वटा कम्पनीको १० लाख ७० हजार ७ सय ४७ कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन नेप्सेका अन्य समूह बाहेक अरु सवै उपसमूहरु राताम्मे भएका छन् ।

अाज २.६१ अंकले बढेका छ । यता बैंक १८.१४ अंक, होटल ४२.५२ अंक, विकास बैंक २९.८२ अंक, हाइड्रोपावर १५.५७ अंक, फाइनान्स १४.९ अंक र इन्स्योरेन्स १८५.१ अंकले घटेको छ । आज उत्पादन समूहको भने कारोबार भएन । १५२२ अंकबाट सुरु भएको नेप्से इन्डेक्स १५०२ मा आई रोकिएको छ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलवार १५:५१