एभरेष्ट इन्स्योरेन्सले कति हकप्रद प्रतिशत हकप्रद निष्काशन गर्दैछ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट इन्स्योरेन्सले कति हकप्रद प्रतिशत हकप्रद निष्काशन गर्दैछ ?



काठमाडौ । एभरेष्ट इन्स्योरेन्सले ६०० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एभरेष्टले १ः६(१ कित्ता बराबर थप ६ कित्ता) अनुपातमा ७२ लाख ९० हजार कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

इन्स्योरेन्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीले यसअघि सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिइसकेको छ । यो बोनस सेयरपछि कायम भएको १२ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजीबाट कम्पनीले ६०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । ६०० प्रतिशत हकप्रदपछि पनि कम्पनीको चुक्ता पुँजी भने ८५ करोड ५ लाख रुपैयाँमात्र पुग्नेछ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलवार १७:५५