४२ हजार ८१५ कित्ता सेयर लिलामी बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४२ हजार ८१५ कित्ता सेयर लिलामी बिक्री खुला



काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको बुधबार देखि ४२ हजार ८१५ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । सर्वसाधारण समूहको यो लिलामी सेयर असोज ६ गतेसम्म भर्न सकिन्छ । बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल डिल्लीबजार, काठमाडौंमा पुग्ने गरी बोलपत्र फारम भर्नुपर्नेछ ।

मंगलबार यस कम्पनीको बजार मूल्य ९०० रुपैयाँ रहेको छ । बोलपत्र असोज ६ गते दिउसो ४ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँ छ । लिलामी बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ४४ पैसा छ ।

प्रकाशित : २८ भाद्र २०७४, बुधबार ११:०६