खुल्यो समिट माईक्रोफाइनान्सको शतप्रतिशत हकप्रद, कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खुल्यो समिट माईक्रोफाइनान्सको शतप्रतिशत हकप्रद, कहाँबाट दिने आवेदन ?



काठमाडौ । समिट माईक्रोफाइनान्स डेभलपमेण्ट बैंक (Summit Micro Finance Development Bank Ltd.) को शतप्रतिशत हकप्रद शेयर निष्काशन खुल्ला भएको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा सात करोड २५ लाख रुपैयाँको सात लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

हाल १४ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको उक्त हकप्रद निष्काशनपछि चुक्ता पुँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कहाँबाट दिने आवेदन ?
उक्त हकप्रद शेयरमा सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौं, समिट माईक्रोफाइनान्स डेभलपमेण्ट बैंकको शाखा कार्यालयहरु विर्तामोड झापा, कोशीहरैचा इलाम, फिदिम पाँचथर, सुनसरी तनप्लेजुङ्, पान्खीवास, राजारानी धनकुटा, जोगीदह उदयपुर, रायपुर सप्तरी र सानिमा बैंकको शाखा कार्यालयहरु धनगढी, नेपालगञ्च, पोखरा, भैरहवा, नारायणगढ, विरगञ्ज र जनकपुरबाट आवेदन दिन सकिन्छ ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोरप्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था तुलनात्मक रुपमा सकारात्मक रहेको जनाउँछ ।

प्रकाशित : २९ भाद्र २०७४, बिहीबार १०:१७