ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड,५ हजार बढी स्मार्ट फोन बिक्री, ७ करोड ५० लाख बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड,५ हजार बढी स्मार्ट फोन बिक्री, ७ करोड ५० लाख बढीको कारोबार



काठमाडाै । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइल पारखी र अबलोककर्ताको घुइँचो लागेको छ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउले ७ करोड ५० लाख भन्दा बढीको कारोबार भइसकेको बताए ।

लेनेभो मोबाइल र मोटोरोला मोबाइलको बिशेष सहयोग रहेको यो मोबाइल मेलामा लक्की ड्र मार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक , ब्लुतुथ हेडफोनको लक्की ड्र मार्फत बितरण गरिएको ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए । सोचे भन्दा कारोबार उच्च रहेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले अशोजको पहिलो हप्ताबाट दैनकि ब्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने दाबी गरे ।

मोबाइल पारखीहरुको मनमा बसेको नेपालको एकमात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ । हरेक बर्ष जस्तो यो बर्ष पनि दशंै देखि तिहार सम्म हरेक दिन लक्की ड्र मार्फत हरेक दिन मोबाइल, पावर बैंक लगायतका उपहारहरु बितरण गरिरहेको छ ।

मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वान प्लस, एमआइ, लेनेभो लगायत सबै ब्राण्डका मोबाइलफोनहरुको कारोबार
भइरहेको छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ ।

 

प्रकाशित : ३० भाद्र २०७४, शुक्रबार १३:०१