चेम्बर–भियतनाम राजदूत छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

चेम्बर–भियतनाम राजदूत छलफल



काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले कम्बोडिया, लाओस, चीन, जापान, भियतनाम, म्यानमार, थाइल्यान्ड, श्रीलंका, भारत र नेपालमा बुद्धिष्ट सर्किट निर्माणमा जोड दिएको छ ।

नेपालका लागि भियतनामका राजदूत टोन सिह् थांन्हसँग चेम्बरले शनिबार गरेको अन्तरक्रियामा अध्यक्ष राजेशकाजी श्रेष्ठले पश्चिमी देशहरुबाट धेरै पर्यटक भित्र्याउन र धार्मिक पयर्टनको विकासमा योगदान पुर्‍याउने बुद्धिष्ट सर्किट बनाउन संयुक्त पहलमा जोड दिए ।

चेम्बरले संविधान निर्माणकार्य अन्तिम चरणमा रहेको भन्दै पर्यटन, पूर्वाधार निर्माण, उर्जा, कृषि, खानी तथा खनिजजन्य उद्योगलगायतका क्षेत्रमा भियतनामका उद्यमी–व्यवसायीहरुले लगानी गरी फाइदा लिन सक्ने राजदूतलाई जानकारी गराएको थियो ।

राजदूत थान्हले नेपाल र भियतनामबीचको आर्थिक, सामाजिक, साँस्कृतिक तथा निजी क्षेत्रको विकासमा आफू अधिकतम प्रयासरत रहने बताए ।

प्रकाशित : १० श्रावण २०७२, आईतवार ०३:०१