सोसाइटी बैंकको शाखा स्थान्तरण, ग्राहलाई उत्कृष्ट सेवा प्रदान गर्दै जाने लक्ष्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सोसाइटी बैंकको शाखा स्थान्तरण, ग्राहलाई उत्कृष्ट सेवा प्रदान गर्दै जाने लक्ष्य



काठमाडौं।  सोसाईटी डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो शाखाको आधुनिक रुपमा स्तरोन्नति गर्ने क्रममा पोखरामा रहेको महेन्द्रपुल शाखा कार्यालय साविक स्थानवाट करिव ७५ मिटर उत्तरतर्फ स्थानान्तरण गरेको छ ।

बैंकका अध्यक्ष श्री सूशिलराज पराजूलीले उक्त स्थानान्तरण समारोहको समूदघाटन गरेका हुन । उद्घाटन गर्दैैै अध्यक्ष पराजूलीले बैंकको तूलनात्मक रुपमा प्रगति हुंदै गरेको र निकट भविष्यमा लगानीकर्तालाई प्रतिफल दिन सक्षम रहने कूरामा समेत जोड दिए ।

साथै बैंकका समस्याहरु समाधान भई बैंकको अग्रगतिमा प्रगति भइरहेकोमा खुशी ब्यक्त गरे । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञान कृष्ण अधिकारीले कार्यक्रममा उपस्थित अतिथि तथा सम्पूण ग्राहक महानुभावहरुलाई सम्बोधन गर्दै बैंकले आगामी दिनमा आधुनिक बैंकिङ सेवा प्रदान गर्दै प्रतिस्पर्धात्मक रुपमा ब्यबसायिक बैंकिङ सेवा प्रदान गर्ने र बैंकको थप उन्नती प्रगति गर्नेतर्फ विश्वास ब्यक्त गर्दै बैंकको उत्तरोत्तर प्रगतिको बा६ो खुला रहेको सम्बन्धमा स्पष्ट पारेका थिए ।

यस शाखा लगायत आफ्ना सवै शाखा कार्यालयहरुवाट विभिन्न निक्षेप तथा कर्जा सूविधाका साथै एटीएम, एबीबीएस मोबाइल बैंकिङ लगायतका सम्पुर्ण सेवाहरु उपलब्ध हूनेछन । हाल बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार हेरिटेज प्लाजावाट संचालन भई मूलूकका विभिन्न भागमा रहेका ३० शाखा सञ्जालहरु तथा १ एक्सटेन्सन काउण्टर गरी ३१ स्थानवाट आफ्नो बैकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले २०७२ असार मसान्तसम्म करिब रु ५ अर्व ४९ करोड निक्षेप संकलन तथा रु ४ अर्व ६७ करोड कर्जा प्रवाह गरेको ५ भने आ व २०७/७२ को अपरिष्कृत वित्तीय विवरण अनुसार रु. १४ दशमलव ०२ करोड सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित : १० श्रावण २०७२, आईतवार १६:४६