मञ्जुश्री फाइनान्सले ५ प्रतिशत हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मञ्जुश्री फाइनान्सले ५ प्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं ।मञ्जुश्री फाइनान्सले ५ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । फाइनान्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १००ः५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णलाई आगामी वार्षिक साधारण सभामा प्रस्तुत गरिनेछ । साधारण सभाबाट हकप्रद प्रस्ताव पास भएपछि मात्र निष्कासन प्रकृया अघि बढ्नेछ । यसअघि मञ्जुश्रीले माघ ६ देखि फागुन ११ गतेसम्म पनि १७५ प्रतिशत हकप्रद निष्कासन गरेको थियो । हाल यो फाइनान्सको चक्ता पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा छ ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार १२:१३