रिलायबल माइक्रोफाइनान्सकाे असोज २९ गते साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिलायबल माइक्रोफाइनान्सकाे असोज २९ गते साधारण सभा



काठमाडौं । रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँचौ वाषिक साधारण सभा असोज २९ गते हुने भएको छ । साधारण सभामा कम्पनीले २० %  बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्दैछ । त्यस्तै, अधिकत पुँजी १० करोडबाट बढोत्तरी गरेर २० करोड रुपैयाँ पुर्याउने र संस्थाको नाम परीवर्तन गर्ने अर्को विशेष प्रस्ताव पनि पेश गर्दैछ । सभा गेट वे हिमालय रिसोर्ट, बेसीसहर ९, लमजुङमा बिहान १० बजे सुरु हुनेछ । रिलायबलले संस्थाको कार्यक्षेत्र विस्तार गर्ने र सञ्चालकको बैठक भत्ता तथा सुविधाहरु पुनरावलोकन गर्ने प्रस्ताव पनि सभामा लैजाँदैछ । साधारण सभा गर्न रिलायबलले असोज १० गते बुक क्लोज गर्नेछ । यसकारण २०%  बोनस सुरक्षीत गर्न असोज ९ गतेसम्म सेयरधनी भइसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः बोनस सेयर पाउनेछन् । रिलायबलको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १ करोड १२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ९वार्षिक० रहेको रिलायबलको प्रतिसेयर आम्दानी १३८ रुपैयाँ १८ पैसा छ ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार १२:५८