“सनराइज बैंक लिमिटेडको दशौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

“सनराइज बैंक लिमिटेडको दशौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न”



 

काठमाडौं । सन्राइज बैंक लिमिटेडको दशौैं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरि १४० जना बालबालिकाहरुलाई सहयोग सामाग्रीहरु वितरण गरेको छ । बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आईरहेको छ । यस वर्ष पनि बैंकले आफ्नो दशौं वार्षिकोत्सवको उपलक्ष्यमा विविध सामाग्रीहरु लगायत खाद्य सामाग्री, जाडो महिनाको लागि ५३ थान सिरक वितरण गरेको हो ।

उक्त सामाग्रीहरु बैंकका संचालक समितीका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड,  ज्योति कुमार बेगानी,  दीपक नेपाल, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं बैंकका कर्मचारीहरुले वितरण गरे । कार्यक्रममा बैंकका अध्यक्ष  मोतीलाल दुगडज्यूले, बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आई रहेकामा यस वर्ष समेत बैंकको दशौैं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

यसै क्रममा नेपाल बाल संगठनका महासचिव श्किरणबाबु श्रेष्ठले सन्राइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पु¥याउदंै आएको सहयोगका लागी कृतज्ञता व्यक्त गर्नुहुदै भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी अनुरोध गरे ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार १६:४९