केएल टावरमा दशैंतिहार उपहार योजना शुरु, बम्पर उपहारमा मोटरसाइकल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

केएल टावरमा दशैंतिहार उपहार योजना शुरु, बम्पर उपहारमा मोटरसाइकल



काठमाडौं । चाबहिलकोे केएल टावरले चाडपर्वलार्ई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवसाय प्रवद्र्धनका लागि यो योजना ल्याएको हो ।

रमाइलो दसैँ–तिहार उपहार योजना नदिइएको योजनामा ग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमा मोटरसाइकल तथा स्कुटर पाउने छन् ।

 

उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीय जग बितरण गरिने टावरले जनाएको छ । साप्ताहिक रूपमा टावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभनलगायतका घरायसी सामान उपलब्ध गराउने उनले बताए । साथै, साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पनि ग्राहले पाउने सपीङ मलले जनाएको छ।

उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कुटर तथा चार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका दैनिक प्रयोगमा आउने सामान टावरमा खरिद गर्न सकिने छ ।

उपहार योजना अवधिमा १ हजार रुपैयाँ बराबरको सामानको खरिदमा ग्राहले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता छानीनेछन् । योयोजना असोज १ गतेबाट कात्तिक २५ गतेसम्म चल्ने मलले जानकारी दिएको छ ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार १७:४९