सपोर्ट माइक्रोफाइनान्सको अाइपीअो कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सपोर्ट माइक्रोफाइनान्सको अाइपीअो कहिले ?



काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Support Microfinance Bittiya Sanstha Ltd)ले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

हाल कम्पनीमा संस्थापकहरुको तर्फबाट ४ करोड २० लाख रुपैयाँ पूँजी लगानी भइसकेको छ । शेयर जारीपछि कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको अधिकृत पूँजी भने १५ करोड रहेको छ ।

कम्पनीले शेयरमा लगानीकर्ताले असोज १८ गते देखि आवेदन दिन सक्ने भएको छ । निष्काशन बन्द मिति छिटोमा असोज २३ गते देखि ठिलामा कार्तिक १६ गते सम्म आवेदन दिन सकिनेछ । शेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ता सम्ममा आवेदन दिन सक्नेछन् ।

कम्पनीले २ प्रतिशत अर्थात ३६ सय कित्ता साधारण शेयरहरु कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिश अर्थात ९ हजार कित्ता साधारण शेयरहरु सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार १०:४७