आरएसडीसी लघुवित्तको २०० प्रतिशत हकप्रद शेयर निष्काशन,यी हुन आवेदन दिने स्थान ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरएसडीसी लघुवित्तको २०० प्रतिशत हकप्रद शेयर निष्काशन,यी हुन आवेदन दिने स्थान ?



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ बराबर २ को अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर असोज २ गते अर्थात् आजबाट निष्काशन गरेको छ । उक्त हकप्रद शेयरमा भदौ १५ गतेसम्मका शेयरधनीले आवेदन दिनसक्ने छन् ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा २३ करोड रुपैयाँको २३ लाख कित्ता शेयर निष्काशन गरेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ५० रुपैयाँ रहेकोमा २०० प्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रदलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसतभन्दा तल रहेको जनाउँछ ।

यी हुन आवेदन दिने स्थान 
लगानीकर्ताले २०० प्रतिशत हकप्रदको लागि एनआईबीएल क्यापिटल लाजिम्पाट, आरएसडीसी लघुवित्त वित्तीय संस्था बुटवल रुपन्देही। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको काठमाडौं शाखा कार्यालय बाहेका शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार १०:५२