मर्चेन्ट बैंक बारे जान्नै पर्ने तथ्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

मर्चेन्ट बैंक बारे जान्नै पर्ने तथ्य



काठमाडाै । धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था मर्चेन्ट बैंक हो । समग्रमा वित्तीय बजार दुईओटा क्षेत्रमा विभाजित हुन्छन् । एक बैंकीङ क्षेत्र (जस्तैः सरकारी बैंकहरु, बाणिज्य बैंकहरु, डेभलपमेन्ट बैंकहरु तथा लघुवित्त बैंकहरु) र अर्को पुँजी बजार । मर्चेन्ट बैंक पुँजी बजार अन्तर्गतको एक शाखा हो । मर्चेन्ट बैंक आफैँमा प्राइभेट बैंक होइनन् । यिनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनीको रुपमा रहेर निर्धारित कार्यहरु गर्ने गर्दछन् ।

  मर्चेन्ट बैंकहरुले निम्न  चार कार्यहरु गर्न पाउने व्यवस्था  छ ।
१. निष्काशन व्यवस्थापन
२. सेयर रजिष्टर
३. अन्डरराइटिङ
४. लगानी व्यवस्थापन

बोर्डको लाइसेन्स प्राप्त मर्चेन्ट बैंकहरुले यसबाहेक आफ्नो लिडिङ कम्पनीको पुँजी व्यवस्थापन गर्ने, सेकेण्डरी मार्केटको सेयर किनबेचको कार्य गर्ने, सेयर नामसारी तथा संगठित संस्थाको तर्फबाट शेयरधनीको अभिलेख राख्ने र म्युचुअल फण्डको मामीलामा जम्मा फण्ड व्यवस्थापन गर्ने जस्ता कामहरु पनि गर्छन् ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार ११:१७