नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका पौडेल



काठमाडौं । सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका पौडेल नियुक्त भएका छन् । डा. आत्मराम घिमिरेले भदौ २१ गते राजिनामा दिएपछि फोरमको बैठकले पौडेललाई बाँकी कार्यकालको लागि नियुक्त गरेको हो । यता, भदौ २६ गते उपाध्यक्ष पदबाट रण केशव प्रधानले पनि राजिनामा दिएपछि सो पदमा लगानीकर्ता छोटेलाल रौनियाललाई नियुक्त गरिएको छ ।

फोरमको कार्यकारिणी सदस्य पदमा अञ्जिव तुलाधर र अतितलाल श्रेष्ठलाई नियुक्त गरिएको छ । फोरमले नेप्सेमा छिटोभन्दा छिटो महाप्रबन्धकको नियुक्तिको लागि पनि जोडदार माग गरेको छ ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार ११:३२