सयपत्री हाइड्रोपावरको आईपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सयपत्री हाइड्रोपावरको आईपीओ आउँदै



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि असोज २४ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीले जनाएको छ ।

२.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउन कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । पहिलो चरणमा स्थानीयलाई शेयर जारी गरेपछि कम्पनीले दोश्रो चरणमा आम सर्वसाधारणलाई शेयर जारी गर्नेछ ।

 

प्रकाशित : ३ आश्विन २०७४, मंगलवार १३:१८