यस कारण ताम्राकारमा मोबाईल किन्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कुराकानी

यस कारण ताम्राकारमा मोबाईल किन्नुस्



नेपालमा मोबाईलको बजार कस्तो छ ?

अन्य प्रडक्टको बजारको तुलनामा मोबाईल बजार फस्टाएको छ । व्यापक रुपमा मोबाईल बजार विस्तार भएको छ । ब्राण्डहरु पनि भित्रने क्रम बढेको छ । नेपाल जस्तो सानो मुलुकमा धेरै ब्राण्ड भित्रिएको छ ।

नेपालमा मोबाईलको बजार हिस्सा कति रहेको छ ?

नेपालमा सामसुङ ब्राण्डको मात्रै ५०÷६० करोडको बजार रहेको छ । महिनामा एक अर्बको कारोबार हुन्छ ।

अरबौंको मोबाईल बजार रहेको छ । के नेपालीको क्षमतामा पर्दछ ?

म आफै पनि आश्चर्यमा परेको छु । खाद्य सामग्री जस्तै मोबाईल बिक्रि हुन थालेको छ । हिजोको दिनमा एउटा मोबाईल बोक्ने गर्दथ्यो भने अहिले २÷३ वटा बोक्न थालेका छन् । यसले गर्दा पनि मोबाईलको बजार बढेको हो । हरेकको हातमा सामान्य मोबाईल, स्मार्ट फोन, ट्याब हुन थालेको छ । यो विस्तारै बढ्ने क्रममा छ ।

गुरुदत्त शर्मा सचिव, ताम्राकार मोबाइल ब्यापार संघ तथा सामसुङ मोबाईल एण्ड इलेक्ट्रोनिक्स, सप नं ४१

नेपालमा कस्तो मोबाईलको माग बढेको छ ?

¥याम बढी, सेल्फी क्यामेरा राम्रो भएको, आन्तरिक मेमोरी बढी भएको मोबाईल धेरैको रोजाईमा हुने गरेको छ । ओप्पो, सामसुङ, लेनोभो ब्राण्ड ग्राहकको रोजाईमा पर्ने गरेको छ ।

ताम्राकार हाउसले मोबाईलको मात्र व्यापार शुरु ग¥यो, त्यसपछि अन्य स्थानमा पनि मोबाईल हब सञ्चालनमा आएको छ । प्रतिस्पर्धा कस्तो हुन्छ ?

धेरै ठाउँमा मोबाईल हब खुलेका छन् तर सरभाईब हुन निकै गा¥हो छ । ललितपुर मल, सिटिसि मलमा हामीहरुले नै शुरु गरेका हौं । अन्य मलको तुलनामा ताम्राकारको भाडा पनि सस्तो छ । गुडबिल पनि छ । मार्केट विस्तार गर्न निकै कठिन छ । मोबाईलमा खासै मार्जिन हुँदैन । त्यसकारण धेरै परिणाममा सेल्स गर्नुपर्ने हुन्छ । धेरै सेल्स गर्न सकेनौं भने टिक्न सकिन्न । यस कारण पुरानो मार्केट नै बढी मात्रामा चलेको छ ।

ताम्राकारमा मोबाईल मेला सञ्चालन भैरहेको छ । यो कस्तो मेला हो ?

भदौको २२ गतेदेखि कात्तिक ९ गते सम्म ‘यो दशैं तिहार, ताम्राकारमा मोबाईल किन्दा उपाहारै उपहार’ भन्ने नाराका साथ मोबाईल मेला सञ्चालन गरेका हौं । यसलाई लेनोभो र मोटोरोलाले प्रायोजन गरेको छ । यो मेलामा दैनिक ३ वटा स्मार्ट फोन, हप्तामा एक जनालाई टिभि र बम्पर उपहारमा दुईवटा बाईक र एउटा स्कूटर जित्न सक्नेछ । ब्लूटुथ, पावर ब्यांक पनि उपहार प्रदान गरेका छौं । विगतमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहेका हौं । दशैं तिहारमा मोबाईल किन्दा केही न केही उपहार पाओस् भने यो योजना ल्याएका हौं । २२ गतेपछि व्यापारको फ्लो पनि बढेको छ । दैनिक २÷३ हजार स्मार्ट फोन बिक्रि हुन्छ । एउटा मोबाईल किन्न केही न केही उपहार पाएका छन् ।

ग्राहकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

ग्राहकले राम्रो प्रतिक्रिया दिनुहुन्छ । ताम्राकारमा भाडा सस्तो भएको हुँदा अन्य बजारमा भन्दा सस्तोमा मोबाईल पाउँछन् । कम्पनीको ब्राण्डीङमा पनि केही रकम आएको हुन्छ । यसकारणले सस्तोमा मोबाईल पाएको हो ।

अन्य दिनको तुलनामा र अहिले मोबाईलको कारोबार कत्तिको फरक हुन्छ ?

अन्य समयमा प्रत्येक पसलले ३०÷३५ सेट बिक्रि गर्दथे भने अहिले चार गुणा बढी हुन्छ ।

कस्तो मोबाईल खरिद गर्न सुझाव दिनुहुन्छ ?

नेपालमा सबैभन्दा बढी बिक्रि हुने भनेको १५ देखि ३० हजारको सेट हो । ¥याम, ब्याट्रि र आन्तरिक मेमोरी बढी भएको फोन खरिद गर्दा राम्रो हुन्छ । हिजोको दिनमा सामसुङको मात्र एकलौटि थियो तर अहिले ब्राण्ड बढेको छ । चाईनिज ब्राण्डको बढी बिक्रि हुने गरेको छ ।

सामसुङ मोबाईल इलेक्ट्रोनिक्सको बारेमा केही बताईदिनुस् न ?

विगत ६ वर्षदेखि निरन्तर सेवामा छौं । हाम्रो मुख्य व्यापार भनेको एक्सचेन्ज हो । जुनसुकै ब्राण्डको पनि एक्सचेन्ज गर्ने गर्दछौं । हाम्रो ग्राहक भनेकै मोबाईल एक्सचेन्ज गर्नेहरु हुनुहुन्छ । बाहिर जहाँ पायो त्यहाँ एक्सचेन्ज गर्दैन । हामी उचित मुल्यांकन गरेर एक्सचेन्ज गर्दै आएका छौं ।
मोबाईल किन्दा बिल र बक्स सुरक्षित राख्नु पर्दछ । पछि एक्सचेन्ज गर्दा बढी मूल्य आउँछ । बिल र बक्स नभएको सेट हामी राख्दैनौं ।

अन्त्यमा के भन्नुहुन्छ ?

लेनोभो र मोटोरवाला ब्राण्ड बजारमा व्यापक रुपमा आएको छ । लेनोभोको सेल्स राम्रो देखिएको छ । सस्तो मूलयमा फोर जी फोनहरु आएका छन् । १० हजारको रेन्जमा इन्टरनेशनल ब्राण्डको फोन उपलब्ध छ । २५÷२६ हजारमा ४ जिबी इन्टरनल मेमोरी भएको फोनहरु उपलब्ध छन् ।
ताम्राकार यस्तो कम्प्लेक्स हो जहाँ हरेक ब्राण्डका फोनहरु पाउँछ । नेपालमा भित्रिएका सबै ब्राण्डका एक हजार देखि एक लाख सम्मको फोन यहाँ पाउँछ । यो सुरक्षिक कम्प्लेक्स हो । यहाँ मोबाईलबाट मोबाईल खरिद गर्ने व्यक्ति कहिल्यै पनि ठगिएको छैन । सुझाव पेटीका राखेर सुझाव संकलन गर्ने तयारीमा पनि छौं । यो मार्केटलाई अझै कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर छलफल भईरहेको छ ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार ०९:१०