सिमकार्ड बिहिन फोन बनाउने अभियानमा एप्पल र सामसुङ् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

सिमकार्ड बिहिन फोन बनाउने अभियानमा एप्पल र सामसुङ्



 प्रमुख मोबाइल कम्पनीहरु एप्पल र सामसुङ् बिना सिमकार्ड फोन बनाउने अभियानको अन्तिम चरणमा पुगिसकेका छन् । अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल टाइम्सले हालै सार्वजानिक गरेको रिपोर्ट अनुसार दुवै कम्पनीले समान मापदण्डका ह्याण्सेट बजारमा ल्याउने तयारी थालेका हुन् ।
 
यी कम्पनीहरुले एक इलेक्ट्रोनिक सिम ९सब्सक्राइबर आइडेन्टिटी मोड्युल० विकास गरी भौतिक सिमकार्डलाई पुर्णत विस्थापित गर्न चाहेका छन् ।
यसबारे विज्ञहरु भन्छन, अवस्था अनुसार फरक पर्न सक्छ । एकातिर यसो भएमा सिमकार्ड बिनाका मोवाइल फोन उपलब्ध हुन्छन् र ग्राहकलाई सजिलो पनि पर्न सक्छ । तर, अर्को तिर ठुला दूरसञ्चार कम्पनीहरुको सामर्थ्यमा चुनौति थपिने र फोन निर्माताहरु शक्तिशालीमा बन्ने अवस्था पनि आउन सक्छ ।
दूरसञ्चार कम्पनीहरुले बजार नियन्त्रण गुमाउन र एपल लगायत अरु फोन निर्माताले यसबाट फाइदा लिन सक्छन् । यदि नियामकले ुग्रिन सिग्नलु दिए फोन निर्माताले नै टेलिकम कम्पनी छनोट गरेर सिम डिभाइस बनाउने डिल गर्न सक्छन् ।
यसमा उपभोक्ताले सिमका लागि महङ्गो मूल्य तिर्नु पर्ने चुनौति समेत आउन सक्छ ।   विश्व बजारबाट सिमकार्ड विस्थापित हुँदै आए पनि नेपालमा तत्काल यसको प्रभाव पर्ने सम्भावना भने छैन । ठुला मोवाइल सेवा प्रदायकले पहिलो चरणमै नेपाल लक्षित गरेर त्यस्ता फोन निर्माण गरि हाल्ने छैनन् ।  एजेन्सी

प्रकाशित : ११ श्रावण २०७२, सोमबार १६:०७