नेको इन्स्योरेन्सद्धारा आयोजित फुटसलमा सिभिल बैंक प्रथम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेको इन्स्योरेन्सद्धारा आयोजित फुटसलमा सिभिल बैंक प्रथम



काठमाडौं । नेको इन्स्योरेन्स  लिमिटेडले स्थापनाको २२ औं वर्ष प्रवेशको अवसर पारेर आयोजना गरेको फुटसल कार्यक्रम सम्पन्न भएको छ ।

यस प्रतियोगितामा सिभिल बैंक लिमिटेड  बिजयी भएको छ र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड  दोस्रो भएको छ ।

नेको इन्स्योरेन्सकम्पनीले बाढी पीडितबाट घरबार विहिन हुन पुगेकाहरुलाई राहत पुर्याउने उदेश्यले राजधानीको सामाखुसीमा असोज ३ गते फुटसल कार्यक्रमको आयोजना गरेको थियो ।

फुटसलमा नेको इन्स्योरेन्स, नेपाल राष्ट्र बैंक लगायत अन्य १४ वटा वाणिज्य बैंकका टिमले प्रतिष्पर्धा गरेका थिए ।
बाढी पीडितलाई सहयोगार्थ कम्पनीका सम्पूर्ण कर्मचारीले १ दिनको तलब समेत प्रदान गरेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित : ४ आश्विन २०७४, बुधबार १२:३०