उद्योगी प्रदीपजंग पोण्डेलाई आममाफी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योगी प्रदीपजंग पोण्डेलाई आममाफी



काठमाडौं । तीन दशक पुरानो भ्रष्टचार मुद्धामा जेल चलान भएका उद्योगी प्रदीपजंग पाण्डेले आम माफि पाएका छन् । राष्ट्रपति डा. रामबरण यादवले मन्त्रीपरिषद्को सिफारिसमा पाण्डेलाई भ्रष्टाचार मुद्धामा माफी दिएका छन् । यससँगै अब पाण्डे जेलमुक्त हुने भएका छन् ।
पञ्चायतकालमा भ्रष्टचार मुद्दामा भएको फैसलाअनुसार पाण्डेको एक बर्ष नौ महिना २७ दिन जेल सजाय र सात लाख ४३ हजार पा“च रुपैया“ जरिवाना भुक्तानी बाकी रहेको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले कैदी पुर्जी थमाएको थियो । लगत्तै उनले सर्वोच्च अदालतमा आन्तरिम आदेशका लागि रिट दायर गरेका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपपछि उनलाई प्रहरीले पक्राउ नगरेको थियो ।
करीब चार महिनाअिघ पक्राउ परेका पाण्डेलाई राष्ट्रपतिले सोमबार माफी दिएका हुन् ।

राष्ट्रपति कार्यालयले  विज्ञप्ती जारी गर्दै पाण्डेलाई आम माफी दिएको जनाएको छ । ‘अन्तरिम संविधान २०६३ को धारा १५१ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न जिल्ला अदालतबाट २१ जना व्यक्तिलाई  सजाय तथा जरिवाना एवं भुक्तानी हुन बा“की सजाय तथा जरिवाना माफी भएको छ’, विज्ञप्तीमा भनिएको छ । पाण्डेसँगै २१ जना व्यक्तिले आम माफी पाएका हुन् ।

प्रकाशित : ११ श्रावण २०७२, सोमबार १६:२१