दोलखा केन्द्र बनाएर ५ दशमलव ५ रेक्टरको भूकम्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दोलखा केन्द्र बनाएर ५ दशमलव ५ रेक्टरको भूकम्प



काठमाडौं  । दोलखा केन्द्र बनाएर फेरि भूकम्प गएको छ । बेलुका पाँच बजेर १९ मिनेट जाँदा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो सहित शनिबार मात्रै ८ वटा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान दुई बजेर १५ मिनेट जाँदा गोरखा केन्द्र बनाएर ४, बिहान चार बजेर २८ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव १, बिहान ४ बजेर ३८ मिनेट जाँदा दोलखा नै केन्द्र बनाएर ४ दशमलव १, बिहान ६ बजेर ११ मिनेटमा नुवाकोट केन्द्र बनाएर चार, बिहान ६ बजेर ३१ मिनेट जाँदा गोरखा र धादिङको सीमाना केन्द्र बनाएर चार, बिहान ९ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र बनाएर ४ दशमलव दुई र बिहान ९ बजेर ३५ मिनेट जाँदा ललितपुर र मकवानपुरको सीमाना केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित : २ जेष्ठ २०७२, शनिबार १२:५१