रोयल बहुउद्देश्यीयले १५ प्रतिशत नगद लाभांस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रोयल बहुउद्देश्यीयले १५ प्रतिशत नगद लाभांस दिने



6काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांस दिने भएको छ । संस्थाको संचालक समितिले गरेको लाभांस प्रस्तावलाई संस्थाको साधारणसभाले पारित गरेको हो ।

गत आर्थिक वर्षसम्म संस्थाले ३ करोड २९ लाख शेयर पुँजी, ३४ करोड ९८ लाख बचत संकलन र ३३ करोड ९२ लाख कर्जा लगानीबाट ३७ लाख नाफा गरेको अध्यक्ष भानुभक्त ढकालले जानकारी दिए ।

संस्थाले वित्तीय सेवाका साथै कृषि सहकारी र कृषक समुहमार्फत उत्पादन भएका कृषि उपजहरुको बजार व्यवस्थापनका लागि काम गर्ने जनाएको छ । यसका लागि कृषि सहकारी बजार खोल्ने, कृषि, पर्यटन, जलश्रोत तथा उत्पादन एवं प्रशोधन सम्बन्धी सम्भाव्यता अध्ययन गरी उद्योग स्थापना गर्ने, स्वरोजगार सिर्जना गर्न घुम्ती तरकारी, फलफूल, खाद्यान्न आदिका लागि १० वटा घुम्ती पसल निशुल्क उपलब्ध गराउने र सदस्यलाई सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने योजना समेत अघि सारेको छ ।

सभाले तीन वर्षे कार्यकालका लागि पुनः भानुभक्त ढकालकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभामा बोल्दै सांसद तथा राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष ओमदेवी मल्लले दिगो विकास लक्ष्य पुरा गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बताइन् ।

प्रकाशित : ५ आश्विन २०७४, बिहीबार १६:०५