वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्यो, विप्रेषण आप्रवाह बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्यो, विप्रेषण आप्रवाह बढ्यो



काठमाडाै । चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेको छ । तर, विप्रेषण आप्रवाह भने बढेको छ ।

नेपाल राष्ट्रबैंकले शुक्रबार प्रकाशित गरेको समीक्षा अनुसार साउन महिनामा विप्रेषण आप्रवाह ७ प्रतिशतले वृद्धि भई ५५ अर्ब ५५ करोड पुुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा २.५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ४.९ प्रतिशतले वृद्धि भई रु. ६२ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २.५ प्रतिशतले घटेको थियो ।

तर, वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुनः श्रम स्वीकृति बाहेक)मा कमी आएको छ ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ११.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार १५:१५