केएल टावरस्थित मोबाइलको मेगा मेलामा अबलोकनकर्ताको भीड खरिद एक उपहार चार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

केएल टावरस्थित मोबाइलको मेगा मेलामा अबलोकनकर्ताको भीड खरिद एक उपहार चार



काठमाडौं ।दशैं र तिहारको अबसर पारी केएल टावरस्थित केएल मोबाइलले शुरु गरेको मोबाइलको मेगा एक्सपोमा हरेक मोबाइलको खरिदमा ४ वटा अफर रहेको छ । मोबाइलको मेगा एक्सपोमा एक मोबाइल खरिद गर्दा हात खाली नजाने गिफ्ट ह्याम्पर, केएल मोबाइल हबकै बम्पर उपहार अन्तर्गत आरवान फाइभ बाकइ, मलेसिया सिंगापुर टुर प्याकेज र आइफोन ८ पाउने अबसरको साथै केएल टावरले शुरु गरेको दशैंतिहार उपहार योजना र मोबाइल कम्पनीहरुले दशैैको अबसर पारी दिएका बिभिन्न छुट अफर पनि समाबेश गरिएको छ ।
१ हजार देखि १ लाख सम्मका जुनसुकै मोबाइलको खरिदमा ४ वटा अफर पाउने भएपछि एक्सपो अबलोकनकर्ताको भीड लागेको छ । जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्ज गर्न सकिने भएकाले एक्सपोमा पुराना मोबाइल दिएर नयाँ मोबाइल किन्नेको भीड नै लागेको केएल मोबाइल हबमा सेल्स मेनेजर अजय लामाले बताए । चाबहिल र यसको आसपासमा सबैभन्दा लेटेस्ट मल्टिब्राण्ड मोबाइल सोरुम बाट कारोबार गरिरहेको केएल मोबाइल हबमा टच एण्ड फिल सहित मोबाइलको बारोमा जानकारी दिन १३ वटा बिभिन्न मोबाइल कम्पनीको टच एण्ड फिल जोन रहेको छ ।
मेला सुरु भएपछि मोबाइल हबमा ४० हजार भन्दा धेरै अबलोकनकर्ता आएको र १ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भइसकेको केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले बताइन् । मोबाइल हेरी ६० प्रतिशत सम्म छुट दिइएको यो एक्सपोमा एउटा किन्दा अर्को मोबाइल सित्तैमा पाउने अफर पनि समाबेश गरिएको छ ।
एक्सपोमा बिश्व बजारमा पाइने सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ भने ६० मिनेटमा प्रत्यक्ष मोबाइल मर्मत गर्ने सुबिधा पनि रहेको मोबाइल हबले जनाएको छ ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार १५:१६