ग्लोबल आइएमई बैंकको खुद मुनाफा ३ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आइएमई बैंकको खुद मुनाफा ३ प्रतिशतले वृद्धि



काठमाडौँ । ग्लोबल आइएमई  बैंकले आफ्नो त्रैमासिक  प्रतिवेदन  प्रकाशित गरेको छ । बैंकको प्रकाशित प्रतिबेदन अनुसार  १ अर्ब ५९ लाख ९९ हजार रुपैया खुद मुनाफा कमाउन सफल  भएछ, जुन गत बर्षको  तुलनामा ३ दशमलव २८ प्रतिशतले  वृद्धि भएको हो। बैंकले गत वर्षको  सोहि अवधिमा  ९७ करोड ४० लाख ३६ हजार रुपैया कमाएको थियो ।
बैंकले  आफ्नो निक्षेपमा  १५ दशमलव ०७ प्रतिशतले वृद्धि गरि ६० अर्ब १७ करोड ५९ लाख ८४ हजार रुपैया पुर्याएको छ  । गत बर्ष सोहि अवधिमा  बैंकले ५२ अर्ब २९ करोड २० लाख ५८ हजार रुपैंया  निक्षेप संकलन गरेको थियो । त्यस्तै कर्जालगानीमा १६ दशमलव ७६ प्रतिशतले बढाएर ५ अर्व २ करोड २६ लाख ६५ हजार रुपैंया  पुर्याएको छ । कर्जा लगानीमा भएको वृद्धिले  प्रत्यक्ष रुपमा  व्याज आम्दानीमा असर पर्दछ। त्यस्तै  चालु त्रैमासमा खुद व्याज आम्दानी ३० दशमलव २० प्रतिशतले वृद्धि भई २ अर्व २८ करोड ९४ लाख रुपैंया  पुगेको छ  । बैंकको व्याज आम्दानी २२ दशमलव ३२ प्रतिशतले बढेको छ भने व्याज खर्च १५ दशमलव ५६ प्रतिशतले बढेको छ जसको समग्र असर बैकको खुद ब्याज आम्दानी बढेको हो ।  बैंकको चालु आ।व २०७१र७२ मा सञ्चालन मुनाफा ३८ दशमलव ४० प्रतिशतले वृद्धि भई  १ अर्ब २७ करोड ६३ लाख ४१ हजार रुपैया रहेको छ ।

ग्लोबल आइएमई बैंकले चालु त्रैमासिकमा  निष्कृय कर्जातर्फ  ० दशमलब ३६ प्रतिशत घटाएर २ दशमलब १९ प्रतिशत, जोखिम युक्तमा  सम्पति भने ० दशमलब ६१ प्रतिसत बढेर १२ दशमलब ९९ प्रतिशत , सिडि रेसियो २ दशमलब २७ प्रतिशतले बढेर ७५ दशमलब ९१ प्रतिशत रहेको छ ।
यस बैंकको प्रति शेयर आम्दानी (वार्षिकरण)  २० दशमलव ०७ रुपैंया, मुल्य आम्दानीे  अनुपात २३ दशमलव ८७ गुणा , प्रति शेयर नेटवर्थ  १ सय ४७ दशमलव ०४ रुपैंया  , रिटर्न अन इक्विटि (वार्षिकरण)  १३ दशमलब ६८ प्रतिशत,  रिटर्न अन एसेट (वार्षिकरण) १ दशमलब ४२ प्रतिशत रहेको छ । यस बैंकको तरलता अनुपात ३० दशमलव ५९ प्रतिशत रहेको छ । यसले अझै पनि थप कर्जा विस्तार गर्न सक्ने देखाउछ ।

प्रकाशित : १३ श्रावण २०७२, बुधबार १४:५०