प्रुडेन्सियलको २०% बोनस र १.०५% नगद लाभांस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रुडेन्सियलको २०% बोनस र १.०५% नगद लाभांस



काठमाडौं ।प्रुडेन्सियल इन्सुरेन्सले २०% बोनस र कर तिर्न १.०५% नगद लाभांस दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४२ करोड ७६ लाख ७८ हजार रुपैयाँको २०% बोनस र १.०५% नगद लाभांस दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई अब हुने १६ औं वार्षिक साधारण सभामा पेस गरिनेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन पु्रडेन्सियलले ३०% हकप्रद पनि निष्कासन गर्ने तयारीमा छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हकप्रद र बोनस सेयरपछि कम्पनीलाई चुक्ता पुँजी पुर्याउन झन् सजिलो हुनेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १७ करोड १३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रुडेन्सियलको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ २८२ रुपैयाँ ८२ पैसा छ ।

प्रकाशित : ८ आश्विन २०७४, आईतवार ११:४९