२ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स २ दशमलव ८९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका होटल, जलविधुत, फाइनान्स र इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५० कमपनीको ९ लाख ९१ हजार ३ सय ६६ कित्ता सेयरबाट ३१ करोड ५२ लाख ७ हजार १ सय ५८ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ३७ दशमलव ६४ अंकले उकालो लागेको छ। आज इन्स्योरेन्स समुह १० दशमलव १४ अंकले,फाइनान्स समुह ४ दशमलव २६ अंकले, र जलविधुत समुह १ दशमलव ०८ अंकले उकालो लागेको छ।
आइतबार सबै भन्दा धेरै ट्रेडिड.समुहले गुमाएको छ। आज ट्रेडिड. समुह १५ दशमलव २९ अंकले ओरालो लागेको छ । आज बैँक समुह ४ दशमलव ९८ अंकले, विकास बैँक समुह ५ दशमलव ७ अंकले र अन्य समुह १ दशमलव ७३ अंकले ओरालो लागेको छ ।

प्रकाशित : ८ आश्विन २०७४, आईतवार १५:२४