सिटिजन्स बैंकको १६ प्रतिशत बोनस पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंकको १६ प्रतिशत बोनस पारित



काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल को ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले गत असार मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३/७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरण स्वीकृत गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट शेयरधनीहरुलाई १६.८५ प्रतिशत बोनस शेयर तथा नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा बैकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड ९१ लाख ६० हजार रुपैयाँ कायम हुने छ ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकले आर्जन गरेको सञ्चित नाफाबाट बैंकको हालको चुक्ता पुँजीको १६ प्रतिशत अर्थात १ अर्ब १० करोड ७४ लाख ७० हजार ३४६ रुपैयाँ बोनस शेयर तथा सोको लागि आवश्यक करको निम्ति हालको चुक्ता पुँजीको करिब ०.८५ प्रतिशत अर्थात् ५ करोड ८२ लाख ८७ हजार ९सय १३ रुपैयाँ नगद लाभांश साधारणसभाले पारित गरेको छ । उक्त साधारणसभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : ९ आश्विन २०७४, सोमबार २१:०५