दशैं–तिहारमा अतिआवश्यक बस्तुको अभाव हुनेछैन : आपूर्तिमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दशैं–तिहारमा अतिआवश्यक बस्तुको अभाव हुनेछैन : आपूर्तिमन्त्री



विराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डलले दशैंं तिहारको अवसरमा अतिआवश्यक वस्तुको अभाव हुन नदिन सरकार सजक रहेको बताएका छन् ।
प्रेस सेन्टर मोरङ शाखद्वारा मंगलबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र अत्यधिक मूल्यमा सामान बेच्ने व्यापारी कारबाहीमा पर्ने स्पष्ट पारे।
कालोबजारी गर्नेलाई पक्राउ गरिए पनि अर्को निकायले कारबाही अघि बढाउने भएकाले व्यापारीमाथि कारबाही गर्ने अधिकारसहितको ‘एकीकृत कानून’ बनाउनुपर्नेमा उनले जोड दिए ।
नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्कासंग स्पष्टीकरण नसोधी बर्खास्त गरिएको भन्ने पत्रकारको जिज्ञासामा मन्त्री मण्डलले लेखा समिति, अर्थ समितिलगायतले खड्कासँग पटकपटक स्पष्टीकरण लिएपनि सन्तोषजनक जवाफ नपाएको देखिएपछि बर्खास्त गरिएको हो भने ।
इन्धन भण्डारण क्षमतामा बढाउनका लागि सातवटै प्रदेशमा इन्धनको डिपो बनाउने सरकारको तयारी भएपनि निर्वाचन आचारसंहिताका कारण यस विषयमा निर्वाचन आयोगसँग स्वीकृतिपछि मात्र डिपो निर्माण प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।
भौगोलिक एवं प्रशासनिक दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर हुनुपथ्र्यो तर यस बिपरित कार्य भइरहको छ मन्त्री मण्डलले भने । उनले आउँदो संसदीय निर्वाचनमा मोरङको क्षेत्र नं ५ बाट उम्मेदवारी दिने सम्भावना रहेको पनि बताए ।

प्रकाशित : १० आश्विन २०७४, मंगलवार १४:४८