सानिमा बैंकको मोबाइलबाट दक्षिणा: भाग्यमानीलाई सामसङ मोबाइल उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा बैंकको मोबाइलबाट दक्षिणा: भाग्यमानीलाई सामसङ मोबाइल उपहार



काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रवद्र्धन गर्न आफ्ना ग्राहकहरुका लागि मोबाइलबाट दक्षिणा योजना सुरु गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले दशैंमा टीका लगाई दक्षिणा दिन सानिमा बैंको सजिलो ई-बैंकिङ्ग मार्फत कारोबार गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली विजेतालाई सामसुङ मोबाइल फोन उपहार दिने छ ।

असोज ११ देखि १६ गतेसम्मका लागि लागु भएको योजनामा विजेताको छनोट मोबाइल बैकिङ्ग सेवा साझेदार कम्पनी एफवान सफ्ट इन्टरनेशनल कम्पनीको सहकार्यमा लक्की ड्र मार्फत हुने बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए ।

ई(बैंकिङ्ग कारोबार अन्तर्गत फन्ट टान्सफर, रिचार्ज, ई-सेवा लोड अर्थात विल पेमेन्ट गर्नुपर्ने हुन्छ ।

प्रकाशित : ११ आश्विन २०७४, बुधबार १६:००