दशैंका लागि १२ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट सटही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दशैंका लागि १२ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट सटही



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले यस बर्ष ५,१०, २०, ५० र १०० रुपैयाँको मंगलबारसम्म १२ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट सटही गरेको छ ।

राष्ट्र बैंकले प्रत्येक बर्ष दशैंको अवसर पारेर नयाँ नोट सटही गर्दे आएको छ । मान्यजनको हातबाट टिका जमराको साथमा नयाँ नोट नै दक्षिणा स्वरूप दिने प्रचलनले दशैंमा नयाँ नोटको मागलार्इ ह्वात्तै बढाउने गरेको छ ।

हरेक बर्षहरुमा जस्तै यस बर्ष सोमबारसम्ममा ११ अर्ब आठ करोड ७२ लाखका रूपैयाँको नयाँ नोट सटही भइसकेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्मप्रसाद उप्रेतीले बताए ।

मंगलबार नयाँ नोट साट्ने अन्तिम दिन भएकाले मंगलबार मात्रै एक अर्ब बढीको नयाँ नोट सहटी हुँदा दशैंका लागि यस बर्ष १२ अर्ब बढीको नयाँ नोट दशैंका लागि साटीने देखिएको हो । गत वर्ष १० अर्ब ३१ करोडको नयाँ नोट वितरण गरिएको थियो ।

भदौ १८ गतेदेखि बैंक तथा वित्तिय संस्थालाई नयाँ नोट उपलब्ध राएको राष्ट्र बैंकले सर्वसाधारण लागि भने भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्न थालेको हो ।

बैंक तथा वित्तीय संस्थाका लागि उपलब्ध गराएको ५०० र १००० रूपैयाँको नोट समेत गर्दा सोमबारसम्म ४४ अर्ब ४१ करोड २२ लाख रूपैयाँको नयाँ नोट बजारमा पठाएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०७४, बुधबार २०:१६