१८ कम्पनीले करिब साढे ३ अर्बको साधारण सेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१८ कम्पनीले करिब साढे ३ अर्बको साधारण सेयर जारी गर्ने



काठमाडौ । १८ कम्पनीले करिब साढे ३ अर्ब रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएका छन् ।

कम्पनीको पुँजी बढाउन तीन कम्पनीले एफपिओ र बाँकीले साधारण सेयर (आइपिओ) जारी गर्न लागेका हुन् ।

१८ कम्पनी मध्ये १४ जलविद्युत, विकास बैंक २ तथा १/१ वटा वाणिज्य बैंक र इन्स्योरेन्स कम्पनीले सेयर जारी गर्न लागेका छन् । ती कम्पनीले ३ अर्ब ४१ करोड ३३ लाख ३ हजार ५ सय रुपैयाँको सेयर जारी गर्दैछन् ।

यसैगरी, दुई विकास बैंकले ४ करोड ६५ लाख रुपैयाँको ४ लाख ६५ हजार कित्ता सेयर जारी गर्ने भएका छन् ।

बुटवल पावर कम्पनी, प्रिमियर इन्स्योरेन्स र एनएमबि बैंकले एफपिओ जारी गर्दै छन् ।

यी कम्पनीले क्रमशः ४० लाख ८१ हजार कित्ता, ६ लाख ५९ हजार ५ सय ६५ कित्ता र १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपिओ जारी गर्नेछन् ।

१४ जलविद्युत कम्पनीले ३ अर्ब ३६ करोड ६८ लाख ३ हजार ५ सय रुपैयाँको ३ करोड ३६ लाख ६८ हजार ३५ कित्ता सेयर जारी गर्दैछन् ।

आवेदन दिएकामध्ये सबैभन्दा बढी रसुवागढीको १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर आउँदैछ ।

सान्जेन जलविद्युत कम्पनीले लगानीकर्ता संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र लगानीकर्ता संस्थाका लागि सेयर जारी गर्दैछन् ।

प्रकाशित : १३ आश्विन २०७४, शुक्रबार १७:३०