अलैंची बेच्न विन्तिभाउ, मूल्य ६० प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अलैंची बेच्न विन्तिभाउ, मूल्य ६० प्रतिशतले घट्यो



तेह्रथुम । जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कृषकले विन्तिभाउ (अनुरोध) मा अलैंची बेच्न थालेका छन् ।

तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको छ, ।

उचित मूल्य पाउने आशमा बसेका किसान चाडवाडको खर्च गुजार्नका लागि न्यून मुल्यमा अलैँचीबेच्न बाध्य भएका छन् ।

अघिल्लो बर्षमा प्रतिकिलो अलैँची रु दुई हजार पाँच सयसम्ममा विक्री गरेका जिल्लाका किसानले यस वर्ष प्रतिकिलो रु आठ सयमा अलैँचीबिक्री गरेका छन् ।

नेपालीको महान चाडको रुपमा लिइएको दसै–तिहार भित्रिदासम्म पनि मुल्यको उचाई नबढेपछि चाडबाड मनाउन तथा घरको खर्च टार्न न्यून मूल्यमा अलैँची बेच्नु परेको जिरिखिम्तीका कृषक कुमार लिम्बुले बताए ।

अलैंचीले मुल्य नपाएपछि व्यापारीले समेत अलैँची किन्न चाहेका छैनन् ।

यस अघि घरमै आएर व्यापारीले अलैँची किन्ने गरेपनि अहिले किसान नै व्यापारी कहाँ गएर अलैँची खरिद गरिदिन विन्तीभाउ गर्नुपरेको छ ।

बजारमा अहिले अलैँची प्रति मन ३० हजारमा विक्री हुन्छ । घरको खर्च टार्नका लागि अलैँची बाहेक अरु विकल्प नभएका केही किसान सस्तो दामको सिकार बनेका हुन् ।

अलैँची बेचेर घर घडेरी जोड्ने गरेका किसानले यस वर्ष अलैँची बेचेर दसै–तिहारलगायत केही चाडपर्व मनाउन तथा घरको सामान्य आवश्यकता परिपूर्ति गर्न मात्र सकिने कृषक बताउँछन् ।

प्रकाशित : १५ आश्विन २०७४, आईतवार १६:०२