अमेरिकी डिभी लोटरी खुल्यो, कार्तिक १७ सम्म आवेदन दिन पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अमेरिकी डिभी लोटरी खुल्यो, कार्तिक १७ सम्म आवेदन दिन पाइने



काठमाडौं । चिठ्ठामा आधारित अमेरिकी ग्रिनकार्ड भिसा (डिभी लोटरी) कार्यक्रम अन्तर्गत २०१९ को लागि मंगलबार (आज) बेलुका ९ः४५ बजेबाट आवेदन खुल्दै छ ।

डाइभर्सिटी भिसा अर्थात् डिभी चिट्ठा आवेदन कार्यक्रम असोज १७ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क नलाग्ने नेपालस्थित अमेरिकन दुतावासले जनाएको छ ।

डिभी निःशुल्क अनलाईन आवेदनमार्फत सञ्चालन भएको कारण पैसाको लोभमा नपर्न पनि दुतावासले आग्रह गरेको छ ।

‘भिसा कन्सल्टेन्सीमा गएर पैसा खेर नफाल्नुहोस्, डिभी कार्यक्रममा प्रवेश गर्नका लागि शुल्क लाग्दैन,’ दुतावासले सार्वजनिक सुचना जारी गर्दै भनेको छ ‘पैसै नपर्ने कामको लागि पैसा हालेर भाग्य चम्कने होइन !’

डिभी भर्दा कन्सल्टेन्सीहरुको झुटा आश्वासनको पछि नलाग्न नेपालस्थित अमेरिकी दुताबासले जनाएको छ ।

आवेदन निःशुल्क भएकाले आफैंले डिभी भर्न दुताबासको आग्रह छ ।नेपाल स्थित अमेरिकी दुताबासले जारी गरेको सुचना यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

प्रकाशित : १७ आश्विन २०७४, मंगलवार १३:५१