संविधानको प्रारम्भिक मस्यौदामा आर्थिक नीति प्रष्ट छैन : मुरारका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संविधानको प्रारम्भिक मस्यौदामा आर्थिक नीति प्रष्ट छैन : मुरारका



काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले संविधानको प्रारम्भिक मस्यौदामा आर्थिक नीति प्रष्ट हुन नसकेको बताएका छन् । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मुररकाले संविधानको मस्यौदामा समाजवाद उन्मुख भनिए पनि आफू अनुकुल समाजबादको फरक–फरक व्याख्या गर्ने नेताहरुको भनाइले निजी क्षेत्र आशंकित भएको बताए ।

उनले अब बन्ने संविधानमा स्पष्टरुपमा खुल्ला बजार अर्थनीतिलाई समेट्न महासंघले सुझाव दिइसकेको उल्लेख गर्दै विभिन्न समयमा उद्योग व्यवसायमा श्रमको समस्या देखिँदै आएकाले संविधानको मस्यौदामा श्रमको सम्बन्धमा समेत मस्यौदा मौन रहेकाले त्यसको सम्बोधन गर्नुपर्ने र आर्थिक विकासलाई संविधानमा बढी महत्वका साथ समेट्न मुररकाले आग्रह गरे ।

अर्को एक प्रसंगमा बोल्दै ०७२/७३ को बजेटले महासंघले दिएका धेरै सुझाव समेटेको र निजी क्षेत्रको सहकार्यलाई सरकारले थप प्रष्ट पारेकोमा बजेट निजी क्षेत्रमैत्री रहेको बताए ।

कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले संघले गरेका गतिविधिको जानकारी गराउँदै महासंघमा आबद्धताको लागि अध्यक्ष मुररकासँग आग्रह गर्नुभयो । कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्यका सल्लाहकार कृष्ण गौतम,वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेलगायतले बोलेका थिए ।

प्रकाशित : १४ श्रावण २०७२, बिहीबार १२:५९