ट्रायल परीक्षामा आर्थिक चलखेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ट्रायल परीक्षामा आर्थिक चलखेल



काठमाडौ । सगरमाथा अंचल यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्रका लागि लिएको ट्रायल परीक्षामा आर्थिक चलखेल भएको छ । घुस दिएकाहरु ट्रयालमा फेल भएपनि यातायातका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा पास गरिएको छ । यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।

पहिलो चरणमा पास नभएर दोस्रो चरणमा ट्रयाल दिएका तर उक्त चरणमा पनि धेरैजना फेल भएका थिए । तर सबैको मिलेमतोमा उनीहरुलाई पास गरिएको पाइएको छ । दर्ता नम्बर ३४७३२६९१८८१ एन भएका कासिन्द्र साह ट्रयाल परीक्षामा फेल भए पनि उनलाई पास भएको चिट दिइएको छ। उनी फेल भएको भिडियो नै फेला परेको छ ।

प्रकाशित : २१ आश्विन २०७४, शनिबार ११:५०