गभर्नर लाई भेट्ने बैकरहरुको प्रयास असफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गभर्नर लाई भेट्ने बैकरहरुको प्रयास असफल



काठमाडौ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेखीत पूँजीवृद्धि सम्बन्धी प्राबधानप्रति असन्तुष्ट्र भएका बैकरहरुले गभर्नर डा चिरञ्जिवी नेपाललाई भेट्ने विहिबारको प्रयास पनि असफल भएको छ। बैंकहरुले गभर्नरलाई सामुहिक रुपमा भेटेर पूँजीवृद्धिको समयसिमा बढाउन लिखित रुपमा दबाब दिने तयारी गरेका थिए ।

बैंकरहरुको यस्तो दबाबबाट पछि नहट्ने अडानमा रहेका गभर्नर नेपाल विराटनगरतर्फ लागेपछि तय भएको भेटघाट भाडिएको स्रोतले जनाएको छ । नेपाल बैकर्स सघका उपाध्यक्ष तथा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यका अनुसार गभर्नर नेपाल विराटनगर लागेपछि गभर्नर नेपाललाई बैकर्स संघले भेट्न कार्यक्रम विहिबारका लागि स्थगित भएको हो ।

मौद्रिक नीति सार्वजनिक भएपछि बैकरहरुले गभर्नरलाई नेपाललाई पटक पटक सामुहिक रुपमा भेट्न खोजेका थिए । विहिबार साँझका लागि समय दिईएको भएपनि गभर्नर नेपाल विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागि हुन गएपछि उनीहरुको प्रयास असफल भएको हो ।

राष्ट्र बैंकले आथिर्क बर्ष २०७२/०७३ को मौद्रिक नीति सार्वजानिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बढाउने घोषणा गरेको थियो । राष्ट्र बैंकको यो निर्णयप्रति असन्तुष्टी जनाउदै आएका बैकरहरुले बैंकका सञ्चालक तथा प्रवद्र्धकहरुको तीब्र दबाबपछि गभर्नरलाई समयसीमा बढाउन लिखित आग्रह गर्न लागेका थिए ।

प्रकाशित : १४ श्रावण २०७२, बिहीबार १३:०४