३२ दशमलव ६४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३२ दशमलव ६४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३२ दशमलव ६४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५२ कमपनीको ९ लाख ७२ हजार ६ सय २४ कित्ता सेयरबाट ४१ करोड ४९ लाख ९८हजार ९सय ८३ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ९३ दशमलव १२ अंकले ओरालो लागेको छ। आज होटेल समुह ६६ दशमलव २५ अंकले, विकास बैँक समुह ५३ दशमलव ०८ अंकले, जलविधुत समुह ३७ दशमलव ३९ अंकले, बैँक समुह २८ दशमलव ८४ अंकले ,उतपादनमुलक समुह १८ दशमलव ४८ अंकले, फाइनान्स समुह १५ दशमलव ०६ अंकले, ट्रेडिड समुह ९ दशमलव ५४ अंकले र अन्य समुह ५ दशमलव २ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २२ आश्विन २०७४, आईतवार १५:२८