कति कमायो ‘छक्का पन्जा २’ले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

कति कमायो ‘छक्का पन्जा २’ले ?



काठमाडौं । नेपाली चलचित्र‘छक्का पन्जा २’ले उत्कृष्ट व्यापार गरिरहेको छ । असोज ११ गतेबाट देशभर एकसाथ रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ले एकमाथि अर्को रेकर्ड राखिरहेको छ । चलचित्रले प्रदर्शनमा आएको दशदिनमै दश करोड रुपियाँ सँङकलन गरिसकेको जानकारी चलचित्र युनिटले दिएको छ । यो सँगै चलचित्रले ‘कोहिनुर’को रेकर्ड तोडेको छ ।

यो उपलब्धिसँगै ‘छक्का पन्जा २’ सर्वाधिक कमाउने चलचित्रको दोश्रो स्थानमा आइपुगेको छ । अब चलचित्रले ‘छक्का पन्जा’को सर्वाधिक कमाइको रेकर्ड तोड्न ६ करोडको व्यापार गर्नुपर्ने हुन्छ । ‘छक्का पन्जा’ले भने १६ करोडको व्यापार गर्दै सबैलाई अचम्मित बनाएको थियो ।

चलचित्रको निर्देशन दीपाश्री निरौलाले गरेकि थिइन भने निर्माण दीपकराज गिरीले गरेका थिए । साथै चलचित्रमा प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रकाशित : २२ आश्विन २०७४, आईतवार १५:५३