चिलिमेको २५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

चिलिमेको २५ प्रतिशत लाभांश घोषणा



काठमाडाै । आइतबार चिलिमे जलविधुत कम्पनी लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । असोज २१ गते बसेको संचालक समितिको बैठकबाट लाभांश दिने निर्णय गरेको हो । बैठकले घोषणा गरेको बोनश शेयर र नगद लाभांश आगामी हुने बार्षिक साधारण सभाबाट स्वीकृत हुन बाँकी छ ।

कम्पनीले गत आर्थिक बर्षमा ९६ करोड ६३ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको प्रति शेयर आम्दानी रु २८.०३ र प्रति शेयर नेट वर्थ रु २४३.१४ कायम रहेको छ । यस अवधिमा कम्पनीले जगेडा कोषमा ४ अर्ब ९३ करोड ५४ लाख ६ हजार रुपैयाँ जम्मा गरेको छ भने हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैयाँ कायम रहेको छ ।

प्रकाशित : २२ आश्विन २०७४, आईतवार १७:०२