ग्लोबल आइएमई बैंकले कात्तिक २३ गते बोलायो साधारणसभा , यस्ता छन् अजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकले कात्तिक २३ गते बोलायो साधारणसभा , यस्ता छन् अजेण्डा ?



काठमाडाै । ग्लोबल आइएमई बैंक लिमीटेडले आगामी कात्तिक २३ गते बिहीबार आफ्नो एघारौं वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेको छ । असोज २० गते बसेको २८१ औं बोर्ड बैठकले काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा साधारणसभा बोलाएको हो ।

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट १० प्रतिशत बोनस सेयर वितरणको विशेष प्रस्ताव पेश हुनेछ । बोनस सेयरपछि सोही हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी गर्ने विशेष प्रस्ताव समेत एजीएमले स्वीकृत गर्ने सूचनामा उल्लेख छ ।

यस्तै, संचालक समितिका अध्यक्ष वार्षिक प्रतिवेदन पेश गर्ने साधारणसभामा लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७३/७४ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृतिको प्रस्ताव समेत पेश हुनेछ ।

यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब बढी खूद नाफा आर्जन गरेको थियो ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार ११:२३