कन्काईको असोज ३१ देखि ५ लाख ४९ हजार कित्ता सेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कन्काईको असोज ३१ देखि ५ लाख ४९ हजार कित्ता सेयर लिलामीमा



काठमाडौं । कन्काई विकास बैंकको असोज ३१ गतेदेखि ५ लाख ४९ हजार ९ सय ३७ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख ८१ हजार ६सय ५० कित्ता र सर्वसाधारण समूहको १ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने कात्तिक १० गतेसम्म तोकिएको छ । यसअघि कन्काईले साउन ९ देखि भदौ ११ गतेसम्म ३२ लाख १० हजार कित्ता (२१४%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला सबै नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर, नक्साल काठमाडौं तथा कन्काई विकास बैंकको दमक, ६ झापामा आइपुग्नेगरी फारम बुझाउनुपर्नेछ । दुबै समूहको बोलपत्र कात्तिक १२ गते दिउसो ३ बजे सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल काठमाडौंमा खोलिनेछ । हाल कन्काईको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । लिलामी बिक्रीपछि बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार १२:१८