कालो बजारी गर्ने दश व्यापारीविरुद्ध मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कालो बजारी गर्ने दश व्यापारीविरुद्ध मुद्दा



 काठमाडौं । विनाशकारी भूकम्पपछि आएको विपदको मौका छोपेर कालोबजारी गर्ने १० जना व्यापारीविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।

ग्राहकलाई अभद्र व्यवहार गर्नेलाई भने केही सार्वजनिक अपराध तथा साजाय ऐन अन्तर्गत मुद्धा चलाइएको छ ।

प्रहरीले १७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमध्ये १० जनाले कालोबजारी गरेको पाइएको छ भने ७ जनाले ग्राहकलाई अभद्र व्यवहार गरेको पाइएको छ ।

प्रहरीका अनुसार गंगालाल अस्पताल अगाडिको ओमशिवम् फार्मेसीका संचालक सुमन महर्जन र टिचिङ अस्पताल अगाडि रहेको भेरीराप्ती फार्मेसीका संचालक सरिता जिसीविरुद्ध लोबजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ ।

यस्तै गुल्मीकी रमा खत्री, महोत्तरीकी बब्लु गुप्ता, नवलपरासीका सन्तोष बास्तोला, किरण बास्तोला, मकवानपुरका सुमन अधिकारी, काठमाडौंका हरिराम मालाकार, मनोहराको खतिवडा फेन्सी पसलका संचालक उद्धवप्रसाद खतिवडा र अच्युतप्रसाद आचार्यलाई कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ ।

यसैगरी झापाका पूर्णप्रसाद सिवाकोटा, मोरङका गोविन्द लुईटेल, सप्तरीका हिराकुमार चौधरी, सिन्धुलीका सन्जीब भण्डारी, प्रकाश तामाङ्ग, सुनसरीका कमल दुलाल र भारतका अमित गुप्ताविरुद्ध केही सार्वजनिक अपराध तथा सँजाय ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २ जेष्ठ २०७२, शनिबार १४:३०