८ दशमलव १२ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ दशमलव १२ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ८ दशमलव १२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १५२ कम्पनीको ६ लाख ४३ हजार ५ कित्ता सेयरबाट ३१ करोड ६८ लाख ६ हजार ७ सय ५८ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ४७ दशमलव २७ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह १२ दशमलव ६३ अंकले ,बैँक समुह ९ अंकले, फाइनान्स समुह ८ दशमलव १४ अंकले, जलविधुत समुह ६ दशमलव २९ अंकले, टे«डिड. समुह ३ दशमलव ०४ अंकले र होटल समुह १ दशमलव ६ अंकले ओरालो लागेको छ।
आज अन्य समुह भने उकालो लागेको छ। आज अन्य समुह ४ दशमलव ९२ अंकले उकालो लागेको छ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार १५:२८