गरिमा बैंक शाखा बिस्तारमा आक्रामक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गरिमा बैंक शाखा बिस्तारमा आक्रामक



काठमाण्डौ । पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा मुख्य कार्यालय स्थानान्तरण गरेको गरिमाविकास बैंकले नयाँ सडकमा शाखा बिस्तार गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच बैंकले काठमाण्डौं महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकमा आफ्नो ४८ औं शाखा सञ्चालनमा ल्याएको हो ।बैंकको बिस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितिमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् ।

बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ । राष्ट्रियस्तरको गरिमा विकास बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफूूमा गाभिसकेको छ ।

गरिमाले राजधानीमा पाँच शाखासहित देशभर ४८ शाखा तथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । विकास बैंकहरुमा उत्कृष्ट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केही दिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार गर्दैछ ।

यसका साथै बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका साथै मुलुकका अन्यपाँच स्थानमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

 

प्रकाशित : २४ आश्विन २०७४, मंगलवार १२:०९