सपोर्ट माइक्रोफाइनान्सको आईपिओ, ७% आवेदकलेमात्र १० कित्ता पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सपोर्ट माइक्रोफाइनान्सको आईपिओ, ७% आवेदकलेमात्र १० कित्ता पाउने



काठमाडौं ।सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा माग भन्दा १३४.३७ गुणा बढी आवेदन परेको छ । अहिलेसम्मको विवरण अनुसार यो आइपीओमा २ लाख ३६ हजार ९३२ जना लगानीकर्ताको २ अर्ब २४ करोड २५ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल नेपालले बताएका छन् । उनका अनुसार अझै केही बैंकबाट विवरण आउँन बाँकी नै रहेकाले आवेदकको संख्या र रकम अझै बढ्नसक्ने छ । कम्पनीले निष्कासन गरेको १ लाख ८० हजार कित्ता आइपीओमध्ये कर्मचारीलाई ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई ९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको १ लाख ६६ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएको हो । यसमा १० कित्ताको दरले सेयर दिँदा १६ हजार ६९० जनाले मात्र सेयर पाउने हुँदा बाँकी २ लाख २० हजार २४२ जना आवेदको हात खाली हुने भएको छ । यसआधारमा, जम्मा ७% आवेदकले मात्र सेयर पाउने भएका छन् ।

सपोर्टले असोज १८ देखि २३ गतेसम्म १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा २% सेयर कर्मचारीको लागी र ५% सेयर सामूहिक लगानी कोषहरुको लागी छुट्याईएको छ । आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ९०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । हाल कम्पनीले पाँचथर, तेह्रथुम, धनकुटा भोजपुर, खोटाङ, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लामा आफ्नो कारोबार सञ्चालन गरिरहेको छ । सपोर्टको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २४ आश्विन २०७४, मंगलवार १४:५३