० दशमलव ७४ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

० दशमलव ७४ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ० दशमलव ७४ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका विकास बैँक,फाइनान्स र अन्य समुह समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५५ कमपनीको ६ लाख ७४ हजार ७ सय ८७ कित्ता सेयरबाट ३० करोड ७० लाख ६८ हजार ३ सय १९ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह ११ दशमलव ६४ अंकले ओरालो लागेको छ । आज इन्स्योरेन्स समुह ८ दशमलव ९९ अंकले,होटल समुह ६ दशमलव २१ अंकले, जलविधुत समुह ४ दशमलव ४१ अंकले, टे«डिड. समुह ३ दशमलव ३८ अंकले र बैँक समुह ० दशमलव ३ अंकले ओरालो लागेको छ।
मंगलबार सबै भन्दा धेरै अन्य समुहले कमाएको छ। आज अन्य समुह ८ दशमलव ६७ अंकले उकालो लागेको छ। आज फाइनान्स समुह ४ दशमलव ५१ अंकले र विकास बैँक समुह ० दशमलव ८५ अंकले उकालो लागेको छ।

प्रकाशित : २४ आश्विन २०७४, मंगलवार १५:२०